वैदिक आर्य संस्कृतिका अनुयायी सनातन धर्मालम्बी सवर्णहरूका अनेकौं थरहरूमध्ये ‘काफ्ले’ थर पनि एक हो । वैदिक आर्यमूलका शाण्डिल्य गोत्री ब्राह्मणहरूले नेपाल सरहदभित्र प्रवेश गरेपछि आर्जन गरेका थरहरूमध्ये ‘काफ्ले’ थर पनि एउटा हो । काफ्लेका आदि पुर्खाहरूमा वेद विद्याका ज्ञाता यज्ञनिष्ठ कर्मनिष्ठ शाण्डिल्य वंशी ब्राह्मणहरू थिए । अग्निका आत्मज भएकाले धर्मनिष्ठ काफ्लेहरूले आदि पुर्खादेखि नै पुर्खौली बपौतीका रूपमा अग्निहोत्र कर्म अपनाउँदै पुरोहित्याईं कर्म गर्दै आएका छन् । आदि पुर्खा सहित सकल काफ्लेहरू सुसभ्य, सुसंस्कृत, कर्मनिष्ठ विद्यावान विशेषताका साथ कर्मठ गोचारक कृषक थिए । काफ्ले र काफ्लेका पूर्व पुर्खाहरू गाईमा सबै तीर्थको बास हुन्छ, गंगा–जमुना, सरस्वती गाईमा नै छन्, गाईको दूध, दही, घ्यूबाट देव भक्तहरूलाई पुष्टि दिने शक्ति हुन्छ र गाईको गोबरमा समेत लक्ष्मीको बास रहन्छ भन्ने मान्यता राख्दथे र गाईलाई परम हितकारी सहयात्री र पशुधनको रूपमा पाल्ने, पोस्ने, सेवा गर्ने हुनाले गाचारक पनि कहलिन्थे । काफ्लेका आदि पुर्खाले गोसेवा र गोरक्षालाई पुनीत कर्म सम्झी आफूलाई भौतिक तवरमा तल्लिन गराए झैँ सम्प्रति काफ्लेहरूमा पनि गोसेवा र गोरक्षाका खातिर आफूलाई ने उत्सर्ग गराउन अग्रसर हुने दृष्टान्त पाइन्छ । संक्षेपमा भन्नुपर्दा काफ्लेहरू नेपाल सरहदभित्र पसी पर्वतीय गोचारक÷कृषि कर्म अँगाल्दै अघि बढेर काफ्ले थर आर्जन गरेका महर्षि शाण्डिल्यका सन्तती क्रम हुन् । नेपाल सरहदभर र नेपाल बाहिर पनि समानपारिस्थितिक परिवेश र पर्यावरण एवम् मिल्दो जुल्दो सामाजिक धार्मिक वस्तुस्थिति पाइने पूर्वोत्तर भारत, भुटान, म्यानमार (बर्मा) आदि देशहरूमा समेत पुगेर रहेका छन् ।
सबै पढनुहोस...
NEpali
NPelai Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry'...
गण्डकी प्रदेश, स्याङ्गजा जिल्ला, अर्जुनचौपारी गा.पा.–०३, सिमलचौरमा मिति २०८३÷०१÷१६ गते सम्पन्न काफ्लेहरुको कुल पूजाको अवसरमा नि...
सबै पढनुहोस
फिदिम । काफ्ले समाज पाँचथरको तेस्रो जिल्ला अधिवेशन जेठ १६ गते शनिबार फिदिममा सम्पन्न भएको छ ।
काफ्ले समाजका केन्द्र...
सबै पढनुहोस
सक्रान्ति बजार । तेह्रथुम जिल्लाका विभिन्न पालिकामा बसोबास गर्नुभएका काफ्ले बन्धुहरुको जेठ १७ गते आइत...
सबै पढनुहोस