परिचय

परिचय

नेपाल राष्ट्र सांस्कृतिकरूपले अत्यन्त उच्च र समृद्धछ । हाम्रा परम्परागत चाड–पर्व, लोक संस्कृति, धार्मिक संस्कार आदिमा मानवहितकारी भावना घनीभूत भएको पाइन्छ । यहाको अजस्र सांस्कृतिक संगममा मिस्सिन आउने अनन्त संस्कारधाराहरूमध्येको एउटा प्रमुख धारा हो वैदिक वाङ्मयबाट प्रवाहित पौराणिक सनातन धारा । वैदिक सनातन धर्म साम्प्रदायिक कट्टरताका वैयक्तिक अहंवादभन्दा माथि छ । यसले सबै धर्मको मौलिक अस्तित्वलाई पूर्णरूपमा स्वीकार गर्दछ तर कसैको सम्प्रभुताको छातामुनि खुम्चिएर दासता स्वीकार गर्दैन । यसभित्र अनन्त शाखा–प्रशाखाहरू छन् । प्रत्येक शाखाको आ–आफ्नो विशिष्ट पहिचानसहितको लामो इतिहास छ । सनातनी नृवंशीय इतिहासका संहिताबद्ध अभिलेखहरूमा वंशानुक्रमकासम्पुटहरू प्रशस्त माक्रामा संग्रहित छन् । यस्ता वंशानुत्रम सम्पुटहरूलाई ‘वंशावली’ नामले सम्बोधन गर्ने गरिन्छ । वंशावलीमा कुनै जाति विशेष वा थर विशेषको ऐतिहासिक वंशविवरण क्रमबद्धरूपमा प्रस्तुत गरिएको हुन्छ । प्रजातन्त्रको पुनर्स्थापनापछि जनसाहित्य, जनसंस्कृति जनभाषा र जनइतिहासले क्रमशः आफ्ना स्वतन्त्र पंख फिजाउन थालेका छन् । आजको मुक्त नेपाली समाज आफ्नो इतिहासको वास्तविक धरातलको खोजी गर्नतिर अग्रसर हु“दै गएको देखिन्छ ।‘म को हु“, मेरा बाबुआमा कस्ता थिए ? मेरो पुर्ख्यौली पहिचान के हो ? जस्ता आत्मपरिचयात्मक प्रश्नहरूप्रति बढी जिज्ञासु पुग्न लालायित बन्दै गएको देखिन्छ । अब ऊ शासकहरूका
विरुदावली गाउन र तिनका रोमाञ्चक लीलाहरूका मिथक घोकेर प्रमाणपत्र लिने र नोकरशाहका बाहुलीमा जिन्दगीलाई बन्धक राखेर यान्त्रिकताको खोरमा स्वयंबन्दी बनिराख्ने हिजोको रुढ धरातलबाट माथि उठेर आफ्नो पहिचानको खोज िगर्न आफै उकाली चढ्न स्वयम्भू मनस्विताबाट आलोकित बन्दै गइरहेको छ । यस्तै जनताको इतिहासलाई फराकिलो पार्न, आपसी पैतृक सम्बन्ध अभिवृद्धि गर्न र सेवाभाव विस्तार गर्नतिर अग्रसररहेको एक आदर्श सामुदायिक संस्था हो ‘काफ्ले समाज’ ।सर्वसाधारण नेपालीहरूमध्येको आफ्नो पुर्ख्यौली इतिहासको खाजी गरी प े काशित गन ्र उद्दर् े श्यबाट स्थापित यस सामाजिक सेवा कार्यमा समेत संलग्न रह“दै आएको छ । देशभित्र र बाहिर छरिएर रहेका काफ्लेबन्धुहरूलाई बढीभन्दा बढी मात्रामा समेटेर एउटा वृहद् वंशावली निर्माण गर्नेतिर यो अभिमुख छ । प्रस्तुत लेख काफ्ले वंशको गोत्रप्रवर्तक महर्षि शाण्डिल्य र प्रवरपुरुषका रूपमा संपूजित उनका पिता देवलऋषि एवं पितामह असित ऋषि सम्बन्धी परिचय प्रस्तुत गर्नमा केन्द्रित रहेको छ ।नेपाली नागरिक समूदायभित्रका वैदिक आर्यवंशका प्रशाखाहरूमध्ये कुनै एक महत्वपूर्ण प्रशाखाका वंशज हुन् नेपाली काफ्ले समूदायका सदस्यहरू । यस समूदायको वंशवृक्षको जरो पछ्याउ“दै जा“दा मानव–सृष्टिको आदिकालसम्म नै पुगि“दो रहेछ,यद्यपि पौराणिक ग्रन्थ, धर्मसिन्धु, निर्णयसिन्धु र वंशावलीहरूलाई आधार नमान्ने हो भने यसको प्राचीनताको श्रंखलाबीचमा नै टुट्न जाने ठूलो सम्भावना रहन्छ । पौराणिक आख्यान र ऋषिवाक्य एवं परम्परागत धार्मिक मान्यतामा विश्वास गर्नु सिवाय आधुनिक आर्यवंशको प्राचीनता सिद्ध गर्ने भरपर्दो आधारहरू भेटिन्नन्  श्रीमदभागवत  महाप  राण, क  मू र्प राण, मत्स्यप  राण, माकपराण, महाभारत, श्रीमद भागवत  गीता, निण  यसिन्धर् , थर–गा त्रे पवरावली आदि पाराणिक, धामिक गर्  न्थ एव वं शशास्त्रहरूका समष्टि अध्ययनबाट नपाली काफ ल् वे शका गात्रपे वत्र क सप्तषिर् र्  समहका पम्र ख सदस्यका रूपमा पतिष्ठित कश्यप ऋषिका वशजं शाण्डिल्य ऋषि हनु भन्नदेखिन आउछ ।
अन्य कतिपय थर गोत्रमा जस्तै काफ्ले वंशका गोत्र र प्रवरका विषयमा पनि विभिन्न मतान्तरहरू नदेखिएका होइनन् । कतिपय काफ्लेहरूले सावर्णि गोत्र र पञ्च–प्रवर मान्दै आइरहेका छन् भने अधिकांशले शाण्डिल्य गोत्र मान्ने गरे पनि कसैले त्रिप्रवर र कसैले पञ्च प्रवर मान्ने गरेका छन् । त्यस्तै प्रवर पुरुषका नाममा पनि एकरूपता देखि“दैन । फरकफरक ठाउ“मा फरकफरक नामले मानि“दै आएका अनेकौ“ प्रवर–नामभेदहरूदेखापरेका छन् । गोत्र र प्रवरसम्बन्धी यस्ता अन्यौल सृजना गर्ने मतान्तरहरूलाई हटाएर एकरूपता कायम गर्न निश्चित भरपर्दो कुनै शास्त्रीय आधार फेलापरेसम्म खोजी गरेर त्यसलाई प्रमाणका रूपमा लिनुपर्ने हुन्छ । वंशशास्त्रका विद्वानहरूले कूर्म–पराण र मत्स्य पराणलाइ ऋषिकर्  लसम्बन्धी आधिकारिक दस्ताव  जे मान्ने गरेको पाइन्छ । कूर्म पुराणको १९ औ“ वंशवृत्तमा कश्यपादि सन्ततिको वंशविवरण प्रस्तुत छ । त्यसमा महर्षि शाण्डिल्यलाईप्रजापति कश्यपका पनाती र देवल ऋषिका पुत्रका रूपमा परिचय गराइएको छ । यस पौराणिक इतिवृत्तलाई प्रमाणका रूपमा लि“दा शाण्डिल्य ऋषिको वंशको हा“गो देवल र असित हु“दै कश्यपऋषि अर्थात् सप्तर्षिगणस“ग जोडिन पुग्दछ । प्रख्यात काफ्ले वंशावली सप्तर्षि समूहका एक प्रमुख सदस्यस“ग शाण्डिल्य गोत्रीहरूका बीच पुस्तौनी नाता समेत कायम गराउन सक्ने यस तथ्यलाई महत्वपूर्ण अभिलेखका रूपमा लिनुपर्ने देखिन्छ । अतः यसै पौराणिक तथ्यलाई आधारभूत प्रमाणका रूपमा लिएर असित, देवल र शाण्डिल्य यी तीन ऋषिलाई प्रवरपुरुष मानी त्रिप्रवरीय परम्परा कायम गर्नु उपयुक्त देखिन्छ ।