काठमाडौं । काफ्ले समाजले आफ्नो स्थापनाको २०औं वार्षिक साधारणसभा यही आउँदा पुस ३ गते काठमाडौंमा सम्पन्न गर्ने भएको छ । बन्धुत्वबीच भाइचाराको सम्बन्ध विस्तार गर्दै देश तथा विदेशमा छरिएर रहेका बन्धुहरूलाई एकताबद्ध गर्दै आएको समाजले सोही दिन ९औं अधिवेशन पनि सम्पन्न गर्न लागेको छ ।

काठमाडौं धुम्बाराहीस्थित नवदुर्गा पार्टी भेन्यूमा सम्पन्न हुने वार्षिक साधारणसभा तथा अधिवेशनका लागि देशका सातै प्रदेश तथा जिल्ला समितिहरूले प्रतिनिधिको नाम यथाशीर्घ निर्वाचन समिति समक्ष पठाइदिन पनि समाजले आग्रह गरेको छ ।

अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन हुने हुँदा देशैभरिबाट सम्पूर्ण काफ्ले बन्धुहरूलाई साधारणसभामा अनिवार्य उपस्थित हुन पनि समाजले अपिल गरेको छ । साधारणसभा तथा अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ भने साधारणसभा व्यवस्थापन, आर्थिक व्यवस्थापन र प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।

समाजले यसबारे विस्तृत विवरण आफ्नो वेबसाइट धधध।पबाभिकबmबव।अयm र फेसबुक म्यासेन्जर ग्रुप काफ्ले समाज केन्द्रीय कार्यसमिति समूहमा उपलब्ध रहेको जानकारी गराएको छ ।