काठमाडौं । काफ्ले समाजको २०औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ । समाजको शनिबार सम्पन्न अधिवेशनले ख्यामनारायण काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ पदाधिकारीका लागि समाजको विधानअनुसार कोमलप्रसाद काफ्लेको संयोजकत्वमा निर्वाचन कमिटि गठन गरिएको थियो र समिटिले सूचना प्रकाशन गरी उमेद्वारी आह्वान गरेको थियो । जसअनुसार १३ जनाको मात्र उमेद्वारी परेको थियो । निर्वाचन कमिटि तथा सर्वसम्मत पदाधिकारी चयनका लागि निलकण्ठ काफ्लेको संयोजकत्वमा गठित अध्यक्ष मण्डलले इच्छुक र प्राविधिक कारणवश उमेद्वारी ढिला प्राप्त भएका व्यक्तिहरूलाई समेटेर पूर्ण कार्यसमिति चयन गरेको छ ।

पदाधिकारीहरूमा अध्यक्ष ख्यामनारायण सहित वरिष्ठ उपाध्यक्ष कमलप्रसाद काफ्ले, उपाध्यक्षहरू दीपेन्द्र काफ्ले, बाबुराम काफ्ले, नवदक्त काफ्ले, शोभा काफ्ले, दामोदर काफ्ले, नवराज काफ्ले, देवकृष्ण काफ्ले र लक्ष्मी काफ्लेलाई चयन गरेको छ ।

यसैगरी, महासचिव रामकृष्ण काफ्ले, सचिव लक्ष्मण वियोगी काफ्ले, कोषाध्यक्ष मनमोहनराज काफ्ले, सहकोषाध्यक्ष अम्बिका भट्टराई काफ्ले निर्विरोध चयन भएका छन् । यस्तै, केन्द्रीय समितिमा अर्जुन काफ्ले, यामनारायण काफ्ले, लक्ष्मण काफ्ले, नारदमणि काफ्ले, देवी शर्मा काफ्ले, लुमकान्त काफ्ले लगायतका व्यक्तिहरू चयन भएका छन् ।

अधिवेशनबाटै समाजले तनहुँको देवघाटमा निर्माण गर्न लागेको काफ्लेहरूको बृहत शाण्डिय आश्रम निर्माणका लागि चितवन निवासी श्रीकान्त काफ्लेको संयोजकत्वमा गठित कार्यसमिति पारित गरेको छ । सँगसँगै आश्रम निर्माणलाई तीव्रता दिन पूर्वअध्यक्षहरू सम्मिलित एक उच्चस्तरीय समिति गठन गर्ने पनि निर्णय भएको छ ।