झापा । काफ्ले समाज मेची नगर समितिले आगामी फागुन १७ गते समितिको कार्यालय इँटाभट्टामा बृहत् भेला गर्दै शिवपाञ्चायन पूजाको आयोजना गर्न लागेको छ । इँटाभट्टस्थित समितिको कार्यालय छेउमा निर्माण गरिएको शिव पाञ्चायन मन्दिरको उद्घाटन पनि त्यसै दिन गरिने छ ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि समितिले देशैभरका दाजुभाइ, दिदीबहिनी तथा नातेदारलाई हार्दिक अनुरोध गरेको छ । उक्त बृहत् भेलामा जिल्ला कार्यसमिति, प्रदेश १ समिति तथा केन्द्रीय समितिका पदाधिकारीको समेत उल्लेख्यमात्रामा उपस्थिथिति हुनेछ ।

नगर समितिले विस्तृत जानकारीका लागि अध्यक्ष टीकादत्त काफ्ले (९८१४९८७५५३, ९८६३७०५१६८), सचिव नारदमुनि काफ्ले (९८६७५६२८८०, ९८०६०५२४६६), कार्यसमिति सदस्य खडानन्द काफ्ले (९८४२१००८१६, ९८२४००७५२९), देवी काफ्ले (९८४४४३११३११), दीपक काफ्ले (९८५२६७१४१६), माधव काफ्ले (९८६३७६५६५५) र पशुराम काफ्ले (९८४११९३१३६) सँग सम्पर्क राख्न अनुरोध गरिएको छ ।