काफ्ले बन्धुहरूमा देवता र असुरहरूको लडाइँ इलावर्त क्षेत्र हालको इरान इराकमा चलेछ । आर्यहरू देवपक्षबाट लडेको र असुरबाट हार भएपछि हिन्दकुश पर्वत र सिन्धु नदी पार गर्दै पूर्वतिर लागेछन् ।

सिन्ध नदी तरेर आएका जातिहरूलाई सिन्ध अपभ्रंश भई हिन्द र पछि हिन्दू बन्यो । इलावर्त क्षेत्रका कला संस्कृतिहरू प्रथा¸ चालचलनहरू संस्कार, परम्परा  बने । आगन्तुक जनहरूले ल्याएका फरक कला संस्कृति, चालचलनहरूलाई जम्बुद्विपमा रहेका रैथाने जातिहरूले फरक नामले बोलाउन थाले ।

त्यहि हिन्दूधर्ममा रूपान्तरित हुन लाग्यो । हाम्रा पुर्खाहरूले इलावर्त इलाकामा जानेका विभिन्न कला, योग साधनाहरू प्रदर्शन गर्न लागे । रैथाने जातिहरूले ऋषि, ऋषिमुनि, महर्षी योगी आदि नामले बोलाउन थाले । ती आगन्तुकहरूले देवता र असुरहरूका बीचमा भएका घटना परिघटना श्रवणयोग्य बनाई लिपिबद्ध गरे ।

रुद्र र चामुण्डाले नेतृत्व गरेको युध्दकौशल, रणनीतिहरूको फिरस्ती रुद्री र सप्तचण्डिका पुस्तक लेखिए । प्राकृतिक भू-वनोट उत्पत्ति जड र चेतना ब्रम्हाण्डकाे स्वरूपको वर्णन ‍औषधी पहिचान योग र साधनाहरूबाट वेदहरू अन्य उपनिषद्हरू रचना भएको होला ।

यो वैदिक काल नै हो

कुमाउ¸गढवाल¸ भूपाल¸ कान्यकुब्ज¸ र बैशाली क्षेत्रमा आश्रय लिइ बसोबास गर्ने जातीहरुको  पुर्ख्याउली घरहरु बने । कतिपय पुर्खाहरु सुरक्षित बासस्थान उब्जाउ तथा खेतीयोग्य जमिनको खोजिमा सायद महाकाली तरेर कर्णालीको सिन्जा उपत्याका¸पाण्डुगुफा काफलशेरा लाइ रोजेको पाइन्छ । 

उक्त्त क्षेत्रमा बस्ने ति पुर्खाहरु सुतीखेती र पुरेत्याई नै गरेको देखिन्छ । अन्यत्र बाट सरेर आएकालाई आर्य नामले बोलाउन थाले । उनीहरुको बोलीचाली¸भाषालिपी संस्कार संस्कृती अरुको भन्दा  फरक थियो । ति आर्यहरु मध्ये एउटा झुण्डको नेतृत्व ऋर्षी शाण्डिल्य ले गरेको अनुशन्धानकर्ता¸ इतिहासकारहरुले प्रष्ट्याई सकेको छ । कुमाउ गढवाल देखि  पुर्व टिष्टा हुदै भुटान आसाम बर्मा भारत र सिलोन सम्म यिनै ऋर्षी शाण्डिल्यका संन्तानहरु रहेको पाइन्छ ।

 ऋर्षी शाण्डिल्य शर्मा थरका रहेर त्तत् समयका राजपुरोहित नै रहेछन । ऋर्षी शाण्डिल्य बाट काफले थर कसरी रहन गयो यो मेरो अनुशन्धनात्मक लेख काफले बंशावलीमा आधारित छ । काफले बंशावली अनुसार  बम्ह्र    मरीची    कश्यप    असित    देवल     शाण्डिल्य यिनी महर्षी वशिष्ठ र विश्वामित्रका समकालिन थिए । ऋर्षी शाण्डिल्य राजा दिलिपका पुरोहित थिए । 

द्वापर युगमा नन्दगोपका पुरोहित रही ऋर्षी शाण्डिल्यले श्रीकृष्ण र बलरामको  उपनयन गराएका थिए ।

 (गंङ्गाधर तिलक प्राचिन भारत ) ऋर्षी शाण्डिल्य पनि नारद ऋर्षी जस्तै भक्तिशुत्रका प्रणेता थिए । आदि पुरुष शाण्डिल्य जसको नाम बाट हामी काफलेको गोत्र रहन गएको छ । ऋर्षी शाण्डिल्य पछीका अन्य पुस्ता कति रहे दशौं शताब्दीको अन्त्य तिर जेष्ठदेव नामका काफले सिन्जाँ राज्यमा प्रबेश गरेको देखिन्छ । 

सिन्जाँ राज्य पुर्वमा त्रिशुली नदि पश्चिममा सिन्ध नदि  मानसरोवर देखि सतलज  र गगाँको मैदानी फाँट सम्म रहेको थियो । जेष्ठदेवका सन्तानहरु सोमदत¸धर्मदत र देवदत हरु तेह्रौ शताब्दी वा बि स १२२३देखि १२६७ सम्म सिन्जाँका राजा अशोक मल्लका दरवारमा  दरबारिया पुरेत्याइ गरेर रहेको प्रमाणित हुन्छ ।

सोमदत¸धर्मदत र देवदत पाध्यहरुले राजा अशोक मल्लको आब्हानमा दरवारमा राजयज्ञ संन्चालन गर्न जिम्मा दिएको रहेछ र अरु १५ जना काफले बाम्ह्रणहरु उपस्थीत गराई बाँस बाँस रघेटी अग्नी स्थापनागरी ४० अध्याय वेद एक खुट्टा उचालि पुटीक सहित बाचन गरी यज्ञ सफल बनाएको खुशीयालीमा राजाले तलका स्थानहरु बिर्ता स्वरुप दिएको पाइन्छ । 

१ सोमदत बझाङ्गको त्रिबेणीकोट हाल कफलसेरी गाँउपालिका¸
२ धर्मदत अक्षामको देवदह¸
३ देबदत बाजुराको जग्ननाथ¸
४ पिताम्बर पर्वतको बेउलीबास¸ 
५ उतम काभ्रेको गोठपानी¸
६ भानुभक्त स्याङजाको भिरकोट¸
७ कष्णदत स्याङजाको कानपुर 
८ हरिदत स्याङजाको रामाकोट 
९ मुकुन्द कास्कीको लामाचौर १० परमान्द तनहुँको जामुने ११ पुरुषोतम ¸रधुनाथ प्रजापतिले  पाल्पाको बितीजोर चैनपुर कोलडाँडा १२ गोपीकृष्ण बाजुराको झागाझोली 
१३ सुब्रमण्डदेव  पर्वतको भिरकोट 
१४ अग्यमुनी बझाङको  काफलचौर आदि स्थानहरु प्रथम पटक बिर्ता पाएको देखिन्छ ।
                                                                                      सुब्रम्हण्ड देवका ४ छोराहरु उतम¸बासुदेब¸पिताम्बर र राधाकृष्ण रहेछन । यी चार भाई  बिर्ता पाएका स्थानमा सबै पुर्वजहरुले आ आफना ढङ्गले जहान परिवार सहित ढाँलफाड गर्दै खेतीयोग्य जमिन बनाई संन्तान बृर्धि हुदैगए । हुर्केका संन्तानहरु क्रमश पुर्वतिर बसाँइ सर्दै रामेछाप  सिन्घुली उदयपुर ठोकसिला सालु चैनपुर धनकुटा मुर्तीढुङ्ग हुदै तेह्रथुम आङ्गबुङ्ग कोयाखोला सिरवानी आठराई ताप्लेजुङ्ग सान्थाक्रर्रा फाकुम्बा पाचथर नाँगी सुभाङ्ग हुदै भारत सिकिम्म असाम मेधालय फुन्चेलिङ्ग¸तारेथान्क भुटान बर्मा र भियतनाम सम्म हाम्रो वस्ती सघन रहेको छ । 

गाई पाल्ने गौसेवामै समर्पित रहदै आए जाडोबाटबच्न आगोको रक्षा वा यज्ञकर्म गरि रहने । जल¸जमिन जङ्गल तेज र बायुको संन्चालक अदृश्य वस्तु अर्कै रहेको छ र त्यसलाई खुशी पार्न  कर्मकाण्ड विधिबाट त्यो अलौकिक शक्तिलाइ बुझाउने प्रचलन रहदै गयो । एउटा चुहोबाट छुट्टीएका वा नजिकैका दाजुभाई कम्तीमा बर्षको दुई पटक चण्डीपुर्णिमा र धान्यपुर्णिमा मा भेलाहुने दुखसुखका बातचित गर्ने फराकिलो गोठमा बस्ने गोठको पुजा गर्ने  मिठा परिकार वनाउने खाने चलन बस्यो होला । 

सिँन्जा रहदा मष्टो लाई कुलदेवता मान्नेहरुमा ( बाह्र मष्टो ) दुधे मष्टोलाई दुध धारा र दार्ये मस्टोलाई वली वा दियालीपुजा दिने प्रचलन पुरानो नै देखिन्छ ।

काफले बंशावलीको मुलपानाका ४३औं पुस्ता सोमदतका ७ भाइ छोराहरु क्रमश ४४औं पुस्ताका ऋषीदेव¸दुर्गादाश¸लालमोहन¸सुब्रड्मण्येदेव¸भानुभक्त¸जग्ननाथ र शिवशर्मा साबिक मुल पुर्ख्यौली थलोबाट पुर्व तिर लागे । 
उक्त ४४औं पुस्तालाइ बशावलीको एउटा चरणमा राखि तिनै पुर्खाहरुलाई पुन १ नम्बर मानि बंशावली तयार भएछ र म यो आख्यानकार बंशावलीको बृक्ष न ६९को पहिलो पुस्ता सुब्रह्मण्डदेव २ नं पिताम्बर ३ नं बिश्वामित्र ४ न पदममुनी ५ दुर्गादाश ६ कुवेर ७ धर्मानन्द ८ नारायण ९ नं यज्ञनिधि १० नं चन्द्रलाल ११ नं भगीरथ १२ नंम्बरमा म तोयानाथ काफले छु । 

हामी आठराई चुहानडाँडा जौवारी भित्रिया रहेका काफलेहरुमा तेह्रथुम आङ्गबुग बाट ७औ पुस्ताका  धर्मानन्द छातेढुङ्गा  गएको प्रमाणित आख्यानहरु छन । म पनि करिब १२बर्ष अधि देखि झापा शनिस्चरे हाल अर्जुनधारा न पा ६ नम्बरलाई कर्मथलो बनाएको छु ।

अर्जुनधारा झापा, नेपाल

Article / composition